ब्राजिलको स्वास्थ्य नियमन बोर्डले शुक्रबार चीनको एक भ्याक्सिन प्रोजेक्टलाई आफ्नो देशमा क्लिनिकल ट्रायलका लागि मन्जुरी दिएको छ ।
यो क्लिनिकल ट्रायलमा चिनियाँ कम्पनी सिनोभ्याक र ब्राजिलको एक एजेन्सी सहभागी भएका छन् ।
सम्झौताका अनुसार सिनोभ्याकलाई केवल भ्याक्सिनको परीक्षणका लागि मात्र स्वीकृति दिइएको होइन, उसलाई स्थानीय स्तरमा भ्याक्सिन उत्पादनका लागि पनि प्रविधि हस्तान्तरण गर्ने बताइएको छ ।
२९ जुनमा साओ पाउलोका गर्भनर जोआओ डोरियाले यो क्लिनिकल ट्रायलका लागि ९ हजार जनाले आफू समावेश हुन निवेदन दिएको बताएका थिए ।
ब्राजिलका ६ राज्यमा चीनको यो भ्याक्सिन प्रोजेक्टको परीक्षण गरिने बताइएको छ ।
विश्वमा कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित दोस्रो देश ब्राजिलमा अहिलेसम्म १५ लाखभन्दा धेरैलाई कोरोनाभाइरस संक्रमण भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।