बझाङको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमा गएको पहिरोमा परेर चार परिवारका सात जना बेपत्ता भएकामध्ये दुई जनाको शब फेला परेको छ ।
सात वर्षीया छोरी अस्मिता जेठारा र ११ वर्षीय प्रयाग जेठाराको शब फेला परेको बझाङ प्रहरीले जनाएको छ । साथै, पहिरोले १८ घर बगाएको छ ।
गएराति अबिरल बर्षा भएपछि गाउँ माथिबाट पहिरो झरेर घटना भएको हो ।
सदरमुकामबाट चार घण्टाको पैदल दुरीमा रहेको सो स्थानमा अहिले प्रहरी टोली पठाइएको र अबस्था हेरी उद्धारका लागि सदरमुकाममा हेलिकोप्टर तयारी अबस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय, बझाङले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।