एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँट भएको छ । शनिवार बिहान सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट गरिएको हो ।
सबै आवेदकले १० कित्ता सेयर पाएका छन् भने ४६ हजार ५७९ जना आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर हात पारेका छन् ।
बिहीवार प्रि–अलोटमेण्ट गरी आइतवार बाँडफाँट गर्ने तयारी गरिएको भए पनि आइतवारदेखि साधना लघुवित्त वित्तीय संस्थाको आइपिओ विक्री खुला हुने भएको सिष्टममा समस्या हुने भन्दै शनिवारै बाँडफाँट गरिएको बताइएको छ । आइपिओ बाँडफाँट कार्यक्रम सानिमा क्यापिटलको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।
कम्पनीले असार १० गतेदेखि १४ गतेसम्म कुल ४७ लाख ५५ हजार कित्तामध्ये आइपिओ सार्वजनिक निष्कासन गरेको थियो । जसमध्ये ७४ हजार कित्ता कर्मचारीका लागि तथा २ लाख ३७ हजार ८ सय कित्ता सामूहिक लगानी कोषका छुट्ट्याइको थियो ।
कम्पनीको आइपिओमा ४ लाख १४ हजार १८० जनाको आवेदन परेको थियो । यीमध्ये ३ लाख ९७ हजार ७४१ जनाले सेयर पाए । बाँकी आवेदकको विभिन्न कारणले आवेदन रद्ध भएको बताइएको छ ।
लघुवित्त क्षेत्रको हालसम्मकै सबैभन्दा ठूलोे आइपिओलाई केयर रेटिङ नेपालले ४ प्लस रेटिङ दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।