गत वर्ष डिसेम्बरको अन्त्यमा पहिलो पटक चीनको वुहानमा मानिसमा कोरोनाभाइरस संक्रमण देखियो । अहिले त कोरोनाभाइरस विश्वका लागि ठूलो चुनौति भइसकेको छ ।
कोरोनाबाट बच्न विभिन्न सहरहरुमा लकडाउन पनि लगाइएको थियो । पछिल्लो समय केही सहरहरुमा फेरि लकडाउन खुकुलो बनाइयो ।
तर, लकडाउन खुकुलो बनाइएका सहरहरुमा कोरोनाभाइरस संक्रमित बढेपछि फेरि त्यहाँ लकडाउन लगाउन थालिएको छ । यस्तैमा पर्छ, चीनको बेइजिङ पनि । चीनको बेइजिङमात्र होइन, हेबेई प्रान्तको एन्किसन सहरमा पनि अब लकडाउन लगाइएको छ ।
त्यस्तै, अष्ट्रेलियाको मेलबर्नका केही क्षेत्रहरुमा पनि अब फेरि दोस्रो पटक लकडाउन लगाइएको छ ।
उता, अमेरिकाको ह्युस्टन तथा न्युयोर्कमा पनि कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि केही सहरहरुमा लकडाउन लगाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।