सुदूरपश्चिम प्रदेशमा थपिए १० कोरोना संक्रमित

 

सुदूरपश्चिम प्रदेशमा थप १० जना कोरोना संक्रमित भेटिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा प्रदेशका थप १० जनामा संक्रमण पुष्टि भएको हो । 

शनिबार गरिएको परिक्षणमा ४ जना महिला र ६ जना पुरुषमा  संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालले जनाएको छ । 


पुष्टि भएका मध्ये अछाम चौरपाटीका २६ बर्षीया १ महिला, दशरथचन्द बैतडीका ५० बर्षीया १ महिला , डोटीका १८, ३०, २५, बर्षका ३ पुरुष रहेका छन् । 

त्यसैगरी कैलाली धनगढीका ३१ वर्षका १ जना पुरुष, कञ्चनपुर महाकालीका ३४ र २१ बर्षका २ जना महिला र २७ र १८ वर्षका २ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १७:२३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया