पश्चिम बंगालले लगायो सबै विमानमा प्रतिबन्ध

कोरोनाभाइरस संक्रमितको संख्या निकै बढ्दै गएपछि भारतको पश्चिम बंगाल सरकारले भारतका अन्य ६ स्थानबाट आउने विमानहरुमा प्रतिबन्ध लगाएको छ । 

कोलकाता विमानस्थालमा अब अर्को निर्णय भएसम्म दिल्ली, मुम्बई, चेन्नईलगायतका ६ सहरबाट विमानहरु जान पाउने छैनन् । 

कोलकाताले यी ६ सहरमा अहिले कोरोनाभाइरस संक्रमण निकै बढिरहेको भन्दै यस्तो गर्ने निर्णय गरेको हो । पछिल्लो समय पश्चिम बंगालमा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको छ । 

पश्चिम बंगालमा अहिलेसम्म २० हजार ४ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । त्यहाँ ७ सय १७ जनाको कोरोनाभाइरसका कारण निधन भइसकेको छ ।





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १७:२९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया