थप उत्कर्षमा पुग्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शक्ति संघर्षमा अब नेताहरुले आआफ्नो तर्फबाट विभिन्न अभिव्यक्ति दिन थालेका छन् । विशेषगरि प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिको नेकपाका नेताहरुले विरोध गर्न थालेका छन् ।
शनिबार साँझ आफू र राष्ट्रपतिविरुद्ध षडयन्त्र भएको प्रधानमन्त्री ओलीले बताएपछि अब नेकपाका नेताहरुले सामाजिक सन्जालमा उनलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जवाफ दिन थालेका छन् ।
यही विषयमा जवाफ दिएका छन्, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि । उनले ट्विटरमा लेखेका छन्–
हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो।यो गरिमामय सँस्थालाई कसैले पनि आ-आफ्नो स्वार्थका लागि विवादमा नतानौं।राष्ट्रपतिको बिरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं।राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं।राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।
— NKShresthaPrakash (@nksthaprakash) July 4, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।