सिन्धुपाल्चाेकमा एकै दिन थपिए १२ काेराेनाभाइरस संक्रमित

सिन्धुपाल्चोकमा शनिबार एकै दिन तीन बालबालिकासहित १२ संक्रमित थपिएका छन् । पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिकाका सात पुरुष र पाँच महिलामा कोरोना संक्रमण पुष्टि भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए ।  

संक्रमितमध्ये पाँचपोखरी थाङपालका मात्र ११ छन् । पाँचपोखरी–३ का ११ महिनाका बालकसहित १५, २८, २८, ३६, ३६ वर्षका पुरुष तथा चार वर्षीया बालिकासहित २९ र ५० वर्षीया महिलामा संक्रमण देखिएको हो । त्यस्तै संक्रमितमा पाँचपोखरी–५ का १६ वर्षीय बालक, पाँचपोखरी–७ की २३ वर्षीया र पाँचपोखरी–८ की २० वर्षीया महिला छन् । इन्द्रावती–५ का ३७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।  

संक्रमितमध्ये १० भारतबाट र एक÷एक कतार र साउदी अरबबाट फर्किएका हुन् । पाँचपोखरीका संक्रमित तिपेनी र इन्द्रावतीका बाहुनेपाटी क्वारेन्टिनमा बस्दै आएका थिए ।





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार २३:५२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया