गण्डकी प्रदेशमा थप ३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । पछिल्ला केही दिन यता गण्डकीमा सबैभन्दा कम आज कोरोनाभाइरस संक्रमित थपिएका हुन् ।
गण्डकीका दुई जिल्ला तनहुँ र बाग्लुङमा कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएअनुसार तनहुँको व्यास नगरपालिकामा ६ वर्षीय बालक र शुक्लागण्डकी नगरपालिकामा २८ वर्षका युवामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
बाग्लुङको काठेखोला नगरपालिकाका संक्रमित २४ वर्षका पुरुष रहेका छन् ।
आज ३ जना थपिएसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १०९१ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।