१२८ केजी गाँजासहित मकवानपुरमा दुई जना समातिए

जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २८ केजी लागू औषध गाँजा बरामद गरेको छ ।

साथै, प्रहरीले गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रवहादुर रानाले जानकारी दिए ।

उनका अनुसार शनिबार बिहान ५ बजे हेटौँडाबाट वीरगञ्ज  जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्याङ्करमा लुकाईछिपाई लागू औषध गाँजा ओसार पसार गरिँदै छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आवश्यक जाँच प्रक्रिया अघि बढाएको थियो ।

प्रहरीले सो ट्याङ्करका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–३० का २७ वर्षीय एनामुलहक देवान र सह–चालक २४ वर्षीय मोहरवान अन्सारीलाई पक्राउ गरेको जनाएको छ ।
 





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार ८:२७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया