Fri, 14 Aug, 2020


कन्चनपुरमा एक जनाको हत्या
फरकधार / असार २१, २०७७
प्रतिकात्मक तस्वीर

कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ५ मा शनिबार राति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । स्थानीय ५० वर्षका गोपाल कुँवरको हत्या भएको प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार हत्याराको पहिचान भइसकेको छ । तर, उनी फरार छन् । प्रहरीले उनको खोजी सुरु गरिसकेको छ । 

स्थानीयहरुले सामान्य विवादमा उनको हत्या भएको बताएका छन् । प्रहरीले चाहिँ घटनाको छानबिन सुरु गरेको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्