लकडाउनबीच किन पुगे राजेश हमाल पशुपति ?
तस्बिर : राजेशको फेसबुक

महानायक राजेश हमाल लकडाउनलाई मज्जैले सदुपयोग गरिरहेका छन् । फेसबुकमा कहिले उनी डान्स गरिरहेका तस्बिर र भिडियो पोस्ट गर्छन् त कहिले योगाभ्यासका ।

यी सबै क्रियाकलापमा राजेश प्रायः श्रीमती मधु भट्टराईकै साथमा देखिन्छन् । या त उनका फोटो र भिडियो मधुले खिचिदिएकी हुन्छिन् ।

अब राजेशको लकडाउन घरमै सीमित देखिन छाडेको छ । आज बिहान मात्र उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका तस्बिर फेसबुकमा हालेपछि यसको पुष्टि भएको हो । उनले पशुपति दर्शन शीर्षकमा एउटा भिडियो र ११ तस्बिर पोस्ट गरेका छन् ।

राजेश शनिबार साँझ पशुपति गएका थिए । उनले हरेक शनिबार हुने आरतिमा समेत भाग लिएका छन् । साथै, पण्डित र फ्यानहरुसँग पनि उनले तस्बिर खिचाउन भ्याएका छन् ।

साथै, राजेशले पण्डितहरुसँग टिका लगाएका छन् र उनीहरुलाई समेत लगाइ दिएका छन् ।

अनौपचारिक कार्यक्रममा प्रायः यसअघि श्रीमती मधुसँगै हिड्ने गर्ने । तर, शनिबार उनले मधुलाई लिएर गएका थिएनन् भन्ने प्रमाण फोटो र भिडियोले देखाउँछन् ।



राजेशको पशुपति दर्शनप्रति फेसबुकमा अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

राजेश हमालले फेसबुकमा सेयर गरेका फोटो:



   

  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार ९:४०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया