बाग्लुङको क्वारेन्टिनमा एक युवाको निधन भएको छ । निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा २९ वर्षका युवाको मृत्यु भएको हो ।
मृत्यु भएका यी युवा सुनिल विक केही समयअघि मात्र भारतबाट आएका थिए । ढोरपाटन नगरपालिकाको एक स्कुलमा बनाइएको क्वारेन्टिनमा उनको आज विहान मृत्यु भएको हो ।
उनी मिर्गौला रोगबाट ग्रसित भएको बताइएको छ । केही दिनअघि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरे पनि उनको नतिजा अहिलेसम्म आएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।