कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।

बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका निर्माणबारे छलफल हुने केन्द्रीय सदस्य बालकृष्ण खाँडले जानकारी दिए ।

यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो । सो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिने छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे केन्द्रीय सदस्यहरुले कुरा उठाउने बताइएको छ ।

यद्यपि, देउवानिकट मानिएका नेता खाँडले भने देउवा र ओलीबीच कुनै गोप्य भेटघाट नभएको बताए ।



‘गत १७ गते (असार १७) यता सभापति देउवा र प्रधानमन्त्री ओलीबीच कुनै भेटघाट भएको छैन’, फरक धारसँग कुरा गर्दै उनले भने, ‘नेकपाको आन्तरिक द्धन्द्धमा हामी तठस्थ छौं । सत्ता समीकरणमा हामी लागेका छेनौं ।’



  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार १२:५५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया