निर्णायक भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको वार्ता सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आइतबार करिब डेढ घन्टा छलफल भएको हो ।
भोलि (सोमबार) पुनः वार्ता बस्ने र निष्कर्ष निकाल्ने दुई नेताबीच सहमति भएको छ ।
छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए ।
त्यस्तै प्रचण्डसँग स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका थिए ।
नेकपाको स्थायी समिति बैठक सोमबार बिहान ११ बजे बस्ने भनिएको छ । उक्त बैठकअघि ओली र प्रचण्डबीच फेरि वार्ता हुने बालुवाटार उच्च स्रोतले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।