कोरोनाभाइरस महामारी सुरु भएपछि काठमाडौं उपत्यकामा एकै दिन सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा ३० जना कोरोनाभाइरस संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।