चितवनमा पनि फेसबुक लाइभ गरेर युवतीले गरिन् आत्महत्या

सामाजिक सन्जाल फेसबुकमा लाइभ गरेर अर्की एक युवतीले आत्महत्या गरेकी छिन् । चितवनको स्याउली बजारमा शनिबार राति पौने नौ बजे यी युवतीले आत्महत्या गरेकी हुन् । 

केही दिनअघि मात्र दाङमा पनि एक युवतीले फेसबुकमा लाइभ गरेर आत्महत्या गरेकी थिइन् ।

प्रहरीका अनुसार भरतपुरमा १९ वर्षीया युवतीले झुन्डिएर आत्महत्या गर्दा फेसबुक लाइभ गरेकी थिइन् । उनी चितवनमा ब्युटी पार्लर र अनलाइन व्यवसायको काम गर्ने गरेको प्रहरीले जनाएको छ । उनको आत्महत्याको कारण खुलेको छैन ।





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार १९:५९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया