Fri, 14 Aug, 2020


दिल्लीमा १०६ वर्षकाले जिते कोरोना
फरकधार / असार २१, २०७७

भारतको नयाँ दिल्लीको राजीव गान्धी अस्पतालमा एक १०६ वर्षका कोरोनाभाइरस संक्रमित ठिक भएका छन् । उनले कोरोनालाई जितेपछि चिकित्सकहरु पनि अचम्ममा परेको भारतीय मिडियाले लेखेका छन् ।



यी व्यक्तिका ७० वर्षका छोरा र परिवारका अन्य सदस्यलाई पनि कोरोनाभाइरस संक्रमण भएको थियो । 

दिल्लीका यी व्यक्तिले सन् १९१८ अर्थात् १०२ वर्ष पहिले स्पेनिस फ्लू जस्तो महामारी पनि झेलेका थिए । त्यति बेला उनी केवल ४ वर्षका थिए । यही कारणले उनलाई त्यहाँ चिकित्सकहरुले सम्मान पनि गरेका छन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्