प्रधानमन्त्रीले लगातार भेटिरहेका छन् प्रधानसेनापति, अनेक आशंका

आफ्नै पार्टीका नेताहरुबाट दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो र आज लगातार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेपछि राजनीतिक वृत्तमा अनेक आशंका जन्मिएका छन् । 

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पनि थापासँग छलफल गरेका थिए । 

आइतबार पनि विहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानसेनापति थापासँग ओलीको छलफल चलेको बताइएको छ । यो भेटमा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपा नेता सुवास नेम्वाङ, मुख्यसचिव लोकदर्शन रेग्मी पनि सहभागी भएको बताइएको छ ।

प्रधानमन्त्री र प्रधानसेनापतिबीच पछिल्लो समय भेटघाट बाक्लिँदै गएपछि कतै देशमा संकटकाल लगाउने तयारी त भएको होइन भन्ने आशंका गरिएको छ ।





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार २०:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया