ताज महल थप केही समय नखुल्ने

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि भारतले ताज महल खुलाउने विषय केही समयका लागि स्थगित गरेको छ । 

भारतमा आइतबार मात्र २४ हजार ८ सय ५० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । त्यहाँ पछिल्लो २४ घन्टामा कोरोनाका कारण ६ सय जनाले ज्यान गुमाएका छन् । 

उत्तर प्रदेशको आग्रामा रहेको ताज महल अब केही समयका लागि नखुल्ने बताइएको छ । यसअघि ६ जुलाईबाट ताज महल आम मानिसका लागि खोल्ने तयारी थियो ।





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार २३:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया