रुपन्देहीमा दुई जनाकाे मृत्यु

रुपन्देहीमा छुटाछुट्टै घटनामा परि दुई जनाको मृत्यु भएको छ । आइतबार रुपन्देही तिलोत्तमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि तिलोत्तमा नगरपालिका–१४ बागधुरा बस्ने २५ वर्षीय बलिराम चौधरी मृत्यु भएको छ ।  

रुपन्देही तिलोत्तमा नगरपालिका–१४ टिकुलीगढस्थित भित्री सडक खण्डमा लु ५९ प ४७२३ नम्बरको मोटरसाइकल र लु ३ प ७६२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपि खडकबहादुर खत्रीले बताए । दुर्घटनामा परि घाइते भएका चौधरीको क्रिमसन अस्पताल मणिग्राम उपचारको मृत्यु भएको थियो ।  

घटनामा सोही ठाउँका २१ वर्षीय बलकुमार चौधरी गम्भीर घाइते भएका छन् । उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । यसैगरि सैनामैना नगरपालिका वडा नं ११ मसुरीभाटामा एक पुरुष मृत भेटिएका छन् । कञ्चन गाउँपालिका–१ बस्ने २६ वर्षका कुलबहादुर कुवर आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । 





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार २३:५२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया