आज देशका अधिकांश ठाउँमा वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भारतको उत्तर प्रदेशको उत्तर-पूर्वी भू-भाग नजिक निम्न चापीय क्षेत्र रहेको छ ।

त्यसैको प्रभावस्वरुप आज बिहानबाट काठमाडौं उपत्यकालगायत पहाडी भेगहरुमा आज भारी तथा मध्यम वर्षा भएको हाे ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा तथा प्रदेश १, प्रदेश २ का ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती देशभर साधारणतया बदली रहनेछ । प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



प्रदेश ५, गण्डकी प्रदेश र वागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।
 



  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार ९:४३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया