महिनाको बिजुलीको बिल एक लाख आएपछि अरशदले गरेको यो हर्कत्...

कोरोनाभाइरसका कारण लकडाउन भएपछि सबैले घरमा नै समय बिताउन पर्दा केहीको यो समयमा बिजुलीको बिल बढी आएको हुनुपर्छ । उता, बलिउडका कलाकारहरुलाई पनि यस्तै भएको छ । यही कारण उनीहरु चिन्तित भएको समाचार पनि बारम्बार आइरहेका छन् । 

तिनैमध्ये एक हुन्, अरशद वारसी । बलिउड कलाकार अरशदले एक लाख रुपैयाँको बिजुलीको बिल आएको कुरा सामाजिक सन्जाल ट्विटरमा नै लेखेका छन् । 

तर, पछि उनले यो ट्विटलाई डिलिट गरे । त्यही भएर यसले निकै ठूलो हंगामा सिर्जना गरेको छ । फेरि अरशदलाई ट्विटरमा बिजुली अफिसले पनि रिप्लाइ गरेको थियो ।

अब अरशदले चाहिँ आफूले पेन्टिङ गरेको र मानिसहरुलाई पेन्टिङ किनिदिन अनुरोध गरेका छन् । उनको आग्रह छ– मेरो पेन्टिङ किनिदिनुहोस्, म बिजुलीको बिल तिर्छु नत्र त किड्नी नै बेच्नु पर्ने हुन्छ !





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार ९:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया