लद्दाखबाट चीन पछाडि हटेको भारतको दाबी

भारत र चीनबीच झडप र सीमा विवाद भइरहेको ठाउँ लद्दाखको गलवान घाटीबाट अब चिनियाँ सेना पछाडि हटेको भारतले दाबी गरेको छ । भारतले आफूले पाएको ठोस प्रमाणका अनुसार चिनियाँ सेना २ किलोमिटर पछाडि हटेको बताइएको छ । 

१५ जुनमा यो ठाउँमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सेनाले ज्यान गुमाएका थिए । घटनामा चिनियाँ सेना पनि मारिएको भारतको दाबी छ । तर, चीनले यसबारे आजसम्म औपचारिक जानकारी दिएको छैन ।

पछिल्लो समय यो स्थानको विषयमा भारत र चीनबीच बारम्बार वार्ता हुँदै आएको छ । ३० जुनमा बनेको सहमति अनुसार चिनियाँ सेना पछाडि हटेको भारतको दाबी छ । भारतीय पत्रिका द हिन्दुले प्रकाशन गरेको एक रिपोर्टअनुसार चीनले त्यहाँ बनाएका अस्थायी भवनहरु पनि हटाएको छ ।





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार ११:३६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया