कोरोनाभाइरसका कारण ब्रोडवे र टिभीका अभिनेता निक कोर्डेरोको निधन भएको छ । ४१ वर्षका निक लामो समयदेखि आइसियूमा उपचाररत थिए । उनलाई कोरोनाभाइरस भएको केही समयअघि पुष्टि भएको थियो ।
उनी श्रीमती अमान्दा क्लोट्सले यसको पुष्टि गरेकी छिन् ।
‘मैले यसलाई पत्याउनै सकेको छैन,’ उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘म उनीविनाको हाम्रो जीवन कल्पना गर्न पनि सक्दिनँ ।’
उनका अनुसार निकले ९५ दिनदेखि कोरोनासँग लडिरहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।