धनुषाकी ११ वर्षीया बालिकालाई एक भारतीयले बलात्कारपछि हत्या गरेको पुष्टि

धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।

बालिकाको बलात्कार र हत्यामा संलग्न एक भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको मलिहाबाद जिल्लाका ३२ वर्षीय दीपु सिंह छन् । सिंहले बालिकालाई बलात्कार गरी हत्या गरेको स्वीकारेको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताए ।

भैसी चराउन गएकी ती बालिकाको शव गत शुक्रबार अर्धनग्न अवस्थामा घरदेखि १ किलोमिटर टाढा दूधमती खोला छेउमा फेला परेको थियो ।

सिंहले आँप दिने प्रलोभन देखाएर बालिकासँग करणी गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

अभियुक्त सिंह दूधमती खोला छेउमै रहेको चौधरी र मिश्र इन्डष्ट्रिजमा ५ महिनायता काम गर्दै आएका थिए । 
 





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १२:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया