मेगा र गण्डकीको एकीकृत कारोबार सुरु

मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको छ । मेगाले गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंकको नामबाट २१ असारदेखि एकीकृत कारोबार शुरु गरेको हो । 

आइतवार पोखरामा एक कार्यक्रमका बीच मेगा र गण्डकीले एकीकृत कारोबार शुरु भएको घोषणा गरेका हुन् । दुबै बैंकले जेठ २१ गते विशेष साधारण सभा सम्पन्न गरि प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

गण्डकी विकास बैंकलाई प्राप्ति गर्नको लागि मेगाले नेपाल राष्ट्र बैंकबाट १० असारमा अन्तिम स्वीकृति पाएको थियो । अन्तिम स्वीकृति पाएसँगै असारभित्रै एकीकृत कारोबार गर्ने तयारी दुबै बैंकले गरेका थिए । 

एकीकृत कारोबार पश्चात् ग्राहकको सुविधाका लागि साबिक गण्डकी विकास बैंकबाट जारी भएको चेक तथा एटिएम कार्डलाई प्रतिस्थापन नगरेसम्म स्वीकार गर्ने व्यवस्थासमेत मिलाइएको मेगाले जनाएको छ । 

मेगाले गण्डकी विकास बैंकलाई एक बराबर एक शेयर अनुपात आदान प्रदान गर्ने सहमति अनुसार प्राप्ति गरेको हो । 

गण्डकीलाई प्राप्ति गरे पश्चात मेगाको चुक्ता पूँजी रू. १३ अर्ब १३ करोड ८६ लाख २१ हजार पुगेको छ । 



एकीकृत कारोबार पश्चात मेगा बैंकको शाखा सञ्जाल २०६ ओटा पुगेको छ भने निक्षेप रू. १ अर्ब २५ खर्बभन्दा बढी र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी भएको छ ।
 



  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १५:५२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया