मास्क नलगाई बाहिर हिँड्नुहुन्छ ? पक्राउ परिएला

काठमाडौं– दैनिक रुपमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले विनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिएको​ हो ।

प्रहरीका अनुसार यो नियम सोमबारदेखि लागू भइसकेको छ । विनामास्क हिँड्नेलाई पक्राउ गरी उनीहरूमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका छन् । 

सरकारले कोरोनाभाइरसको जोखिमको कारणले बन्दाबन्दी गरेको तर जनजीवनमा असहजता आएपछि निश्चित सर्त तोकेर गृह मन्त्रालयले सहजीकरण गरेको बताउँदै उनले सर्वसाधारणले स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नगर्दा कोरोनाभाइरसको जोखिम बढ्दै गएको बताए । 

नियम पालना गर्ने सर्तमा मात्र लकडाउन खुकुलो गरिएको भन्दै उनले सर्वसाधारणले त्यसको पालना नगर्दा कोरोना महामारीमा थप जोखिम उत्पन्न भएको बताए । 





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १६:२२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया