सोमबार ३३ अंकले  बढ्यो नेप्से
सबैभन्दा बढी कमाउनेमा बिमा समूह गुमाउनेमा म्युचुअल फन्डमात्र


साताको दोस्रो दिन सोमबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३ अंकले बढेको छ । पछिल्लो समय घटबढ भईरहेको नेप्से ३३ दशमलव २७ अंकले बढेर १२ सय ९८ बिन्दुमा पुगेको हो । 
सोमबार सबैभन्दा बढी बीमा समूहको परिसूचक बढेको छ । सोमबार जीवन बीमा समूहको परिसूचक २ सय ६६ अंकले तथा निर्जीवन बीमा समूहको परिसूचक २ सय ७४ अंकले बढेको छ । बिमा समूहमा उल्लेख्य वृद्धि देखिनुको पछाडि नयाँ कम्पनीको सेयर आउने तयारी तथा अब बढ्ने बिमाको बजार कारक रहेको बताउँछन् विश्लेषकहरू । बोनस घोषणा गर्ने समय भएकाले पनि बजार बढेको विश्लेषकको विचार छ ।


यस्तै सोमबार लघुवित्त समूहको परिसूचक पनि ८४ अंकले बढेको छ । बजारमा प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचक भने २१ दशमलव २९ अंकले उकालो लाग्दा होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ७४ र १२ अंकले उकालो लागेका छन् । 

 

सोमबार कारोबार सुरु भएदेखि नै उकालो लागेको नेप्सेमा १ सय ७६ कम्पनीका २७ लाख ३१ हजार ४ सय ९८ कित्ता​ सेयर किनबेच भएको छ । जसमार्फत आज ९२ करोड ७८ लाख ४१ हजार ३ सय २१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन १७८ ओटा कम्पनीको १७ हजार ३८४ पटकको व्यापारमा २७ लाख ३१ हजार ४९८ कित्ता सेयर कारोबार भएको हो । 

 

ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ३० अंकले बढेर २७५ दशमलव ८८ विन्दुमा पुगेको छ । बिहीवार नकारात्मक सर्किटसहित ८० अंक घटेको बजार आइतवारदेखि बढेको छ । आइतवार ९ दशमलव ३५ अंकले नेप्से परिसूचक बढेको थियो ।



 

निर्धारित चार घण्टा अवधिभर भएको कारोबारमा १२ ओटा समूहमध्ये म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ६७ प्रतिशतले घटेको छ भने बाँकी सबैको बढेको छ । 



 बैंकिङ समूहको १ दशमलव ९६ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ७८ प्रतिशत, होटल समूहको १ दशमलव ७८ प्रतिशत , विकास बैंक समूहको शून्य दशमलव ८५ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव ३५ प्रतिशत, वित्त समूहको शून्य दशमलव ४ प्रतिशत, निर्जीवन बीमा समूहको ४ दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ७३ प्रतिशत, अन्य समूहको ४ दशमलव २६ प्रतिशत, लघुवित्त समूहको ४ दशमलव शून्य ३ प्रतिशत र जीवन बीमा समूहको ३ दशमलव ५४ प्रतिशत परिसूचक बढेको छ ।

 

सोमवारको कारोबारमा  नेपाल पुनर्बीमा कम्पनीको सेयर सबैभन्दा बढी रकमको कारोबार भएको छ । कम्पनीको रू. १४ करोड ५३ लाख ३१ हजार बराबरको कारोबार भएको छ । उक्त कम्पनीको सेयर मूल्य रू.४० ले वृद्धि भएको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ ।

 

उक्त कम्पनीसँगै यो दिन ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य सोमवार रू. १२० ले बढेको हो । बढेको बजारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनीका सेयर धनीहले गुमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको सेयर मूल्य रू. १८ ले घटेको छ । बढेको बजारमा सोमवार भने उक्त कम्पनीसँगै ३७ ओटा कम्पनीको सेयर मूल्य घटेको छ । 

  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १६:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया