पार्टी नेतृत्वलाई खबरदारी गर्दै नेकपाका भ्रातृसंगठनले बुझाए ज्ञापनपत्र

काठमाडौं– नेकपाका तीन भ्रातृ संगठनले पार्टीभित्रको अन्तरकलह अन्त्य गर्न माग गर्दै सोमबार पार्टी केन्द्रीय कार्यालमा ज्ञापनपत्र समेत बुझाएका छन् । अखिल नेपाल महिला संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय युवासंघ नेपालले पार्टी विभाजन स्वीकार्य नभएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालमार्फत संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

विभाजनमा नलाग्न नेतृत्वलाई खबरदारी गर्दे उनीहरुले तमासा बन्द गर्न शीर्ष नेताहरुलाई सुझाएका छन् । पार्टी एकतालाई विश्वास गरेर जनताले दुईतिहाइहाराहारी मत दिएकाले त्यको अपमान नगर्न उनीहरुले आग्रह गरेका छन् ।  

उनीहरुले पार्टी कार्यालयअघि धर्ना दिँदै ‘एमसिसी खारेज गर, व्यक्ति होइन पार्टी नीति प्रधान पार्टी निर्माण गरौँ, फुटवादीहरु होसियार, तिमी पार्टी मान्दैनौँ ? पार्टी नमान्नेलाई हामी नेता मान्दैनौँ, नागरिकता विधेयक पारित गर, पार्टी एकता जिन्दावाद, जनविश्वासमाथि कुठाराघात नगर, जनसमुदायमाथि भर पर’लगायत नारा लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका थिए । 

यसअघि असार १९ गते नेकपाका केन्द्रीय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा बसेका थिए । उनीहरुले सोमबार पनि धर्नालाई निरन्तरता दिएका छन् । उनीहरुले पार्टी विधानभित्रैबाट समस्याको समाधान खोज्न नेतृत्वलाई आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १६:४३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया