राखेपको कावा सदस्यसचिवमा भक्त नियुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यवाहक सदस्यसचिवमा भक्तबहादुर ढकाल नियुक्त भएका छन् । उनी युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख हुन् ।

‘मन्त्रालयले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि सदस्यसचिवको जिम्मेवारी दिएको हो । नयाँ नियुक्तिका लागि सिफारिस समिति गठन भइनसकेको हुनोले दैनिक कार्यसम्पादनका लागि उनलाई कार्यबाहकको जिम्मेवारी दिइएको हो । 

‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ लागु भएसँगै राखेपमा सदस्यसचिवसहित परिषद बोर्ड खाली छ । सदस्य सचिवको नियुक्ति नभएसम्मका लागि मन्त्रालयले संघीय निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषदको वरिष्ठतम कर्मचारीलाई सदस्यसचिवको कामकाज तोक्न सक्ने ऐनमा व्यवस्था छ । 





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १७:५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया