काठमाडौ– शिक्षकको हत्यामा संलग्न रहेर फरार रहेका एक अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले ११ वर्षदेखि फरार रहेका कलैया उपमहानगरपालिका–१८का ४४ वर्षीय नन्दु बैठा सोमबार पक्राउ गरेको हो ।
बारा जिल्ला अदालतमा मुद्दा मुलतबिमा रहेका उनी गाउँघरमा लुकीछिपी बस्दै आएको थाहा पाएर विशेष सूचनाको आधारमा पुगेर प्रहरीले उनलाई पक्राउ गरेको हो । बैठा सो हत्याको मुख्य अभियुक्त रहेको बताइएको छ ।
२०६६ वैशाख १७ गते नेपाल राष्ट्रिय मावि फेटाका शिक्षक प्रदीपकुमार तिमल्सिनालाई विद्यालयबाट घर फर्किने क्रममा बैठासहितको समूहले गोली हानेर हत्या गरेको थियो । सो हत्यामा तिलक भनिने नन्दुसहित अग्नि भनिने सुनील जैसवाल, विजय पटेल र रामनारायण सहनी समेत संलगन रहेको प्रहरीको भनाइ छ ।
चारजनाको समूहले गोली प्रहार गर्दा निज शिक्षकको घटनास्थनमा नै मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा सुनील जैसवाललाई ०७० साउनमा र पटेललाई ०७३ पुसमा पक्राउ परेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।