विनामास्क सडकमा हिँडेका १०२ जना पक्राउ

काठमाडौं– गृह मन्त्रालयले विनामास्क हिँड्न प्रतिबन्ध लगाएसँगै प्रहरीले बारामा मास्क नलगाई बाहिँर निस्कने एक सय दुई जनालाई पक्राउ गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढिरहेका बेला जथाभावी बाहिर निस्किएका उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिआईजी निरज शाहीले बताए ।

यसरी पक्राउ पर्नेमा व्यापारी, सवारी चालक र पैदलयात्रीसमेत रहेको बारा प्रहरीले जनाएको छ। उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा लगी एक सय रुपैयाँ जरिवाना गरेर छाडिएको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुलाई मास्क प्रयोग नगर्ने र अटेर गर्नेलाई कारबाही गर्न निर्देशन दिएको थियो ।





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १८:२६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया