काठमाडौं– केन्द्रीय कमिटी बैठक राख्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका छन् । पार्टीलाई विधान र पद्धतिअनुसार चलाउन माग गर्दै उनीहरुले केन्द्रीय कमिटी बैठकमार्फत अहिलेको समस्या हल गर्न आग्रह गरेका छन् ।
अहिलेसम्म १०० भन्दा बढी केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरिसकेको र थप हस्ताक्षर गराएर संकलित हस्ताक्षर नेतृत्वलाई बुझाउने उनीहरुको तयारी छ । केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, विजय पौडेल, ठाकुर गैरे, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडालगायतले हस्ताक्षर अभियानको नेतृत्व लिएका छन् ।
नेकपाको विधानमा ६ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने उल्लेख छ । गत पुस १९ यता बैठक बसेको छैन । नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये २५ प्रतिशतले बैठकको लिखित माग गरे बैठक राख्नुपर्ने प्रावधान छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।