तीन पाइलटसहित १४ जनामा कोरोना संक्रमण देखिएपछि सोल्टीे होटल सिल

काठमाडौं– काठमाडौंको सोल्टी होटलमा बस्ने नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ जना संक्रमण देखिएपछि प्रहरीले सो होटल सिल गरेको छ । 

संक्रमित पाइलट विदेशबाट श्रमिक उद्धार गर्ने उडानमा संलग्न रहेका थिए । सोल्टी होटलमा बस्दै आएका उनीहरुलाई होटलमै आइसोलेसन वार्ड बनाएर राखिएको छ । 

संक्रमण देखिए पनि उनीहरुमा कुनै लक्षण देखिएको छैन । उनीहरुलाई राख्न होटलको एउटा भवनको पाँचौँ तलामा आइसोलेसन वार्ड बनाइएको छ । सोल्टी होटलका ५५ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ ।





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १८:५९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया