सरकारमा सहभागी नहुने कांग्रेसको प्रस्टोक्ति

काठमाडौं– सत्ता संकटमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेको समाचार बाहिरिएसँगै राजनीतिक वृत्तमा कांग्रेको जवाफको पर्खाइ व्यप्त छ । यसैबीच कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । 

सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा आयोजित पत्रकार सममेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको कार्यकाल कांग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताएका छनु् । 

‘माग राखेर सिंहदरबार जाने कुरा बेग्लै छ, तर मन्त्रालय चलाउने मानसिकताले जाने छैनौँ, उनले अगाडि भने, ‘‘प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई हामीले रमाइलोका रुपमा हेरिरहेका छौँ ।’ 

जनताले कांग्रेसलाई ५ वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएको भन्दै उनले अहिले गुलियो प्रस्ताव आए पनि कांग्रेस लहसिने अवस्थामा नरहेको प्रस्ट पारे । 

प्रधानमन्त्री ओली पक्ष मात्र नभई नेकपाका अन्य नेताहरुले पनि देउवासँग भेटघाट गरेको बताउँदै उनले नेकपाको आन्तरिक द्वन्दमा काँग्रेस यो वा त्यो पक्षमा नउभिने बताए । 

प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्यको जानकारी प्रतिपक्षी दल, सभामुख राष्ट्रिय सभाका अध्यक्षलाई हुनुपर्ने भए पनि त्यस्तो नभएको उल्लेख गर्दै राष्ट्रपतिको गरिमा गिराउने काम भइरहेको बताए ।





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १९:९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया