ओलीले नमस्कार त फर्काउँदैनन्, भेटघाट नभएको महिनौँ भयो : भट्टराई

काठमाडौं– सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग संवाद गरेको हल्ला चलेपछि भट्टराईले सो हल्ला निराधार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री केपी ओलीसँग सत्ता सहकार्यबारे कुनै संवाद नभएको स्पष्ट पारेका हुन् । 

अमेरिकामा बर्नी स्यानर्डर्सले डोनाल्ड ट्रम्पलाई समर्थन गर्नु र आफूहरुले ओलीलाई समर्थन गर्नु उस्तै भएको भन्दै भट्टराईले​ ​सर्वसत्तावादको अनुमोदन गर्न नसक्ने बताएका हुन् । 

आफूले नमस्कार गर्दा ओलीले नमस्कार पनि नफर्काएको उललेख गर्दै उनले भेट नभएको महिनौँ भइसकेको स्पष्ट पारे । उनले भनेका छन्,  ‘प्रम ओलीलाई नमस्कार गर्दा उनले नमस्कार फर्काउन पनि छोडेपछि उनीसंग देखादेख नभएको त महिनौं भैसक्यो अनि के कुरा हुनु ?’





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १९:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया