कांग्रेस महाधिवेशनको परिमार्जित कार्यतालिका यस्तो छ

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन यसअघि तोकिएकै मितिमा अर्थात् आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भएपछि प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका  परिमार्जन गरेर यथासमयमै महाधिवेशन गर्ने निर्णय भएको हो । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । 

असार १६ गतेदेखि सुरु भएको कांग्रेस बैठकमा प्रस्तावित नागरिकता विधेयक र केन्द्रीय महाधिवेशनको तालिकासम्बन्धी एजेण्डामा छलफल भएके थियो ।  बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा परिमार्जित तालिका प्रस्तुत गरेका थिए ।

निर्णयअनुसार महाधिवेशनका लागि नयाँ प्रस्तावित तालिकामा क्रियाशील सदस्यताको नवीकरण, वितरण र छानबिन प्रकृया सकेर मंसिर मसान्तभित्र सम्पूर्ण सूची निर्वाचन आयोगलाई बुझाई सक्नुपर्ने उल्लेख छ ।

कांग्रेसले क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाई सक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ ।

क्रियाशील सदस्यतामाथि उजुरी गर्ने समय असोज मसान्त, पुनरावेदनका लाग कात्तिक मसान्त र सम्पूर्ण विवाद टुंगाउनका लागि मंसिर २५ गते सम्मको समय दिइएको छ ।



महाधिवेशनको कार्यतालिका यस्तो छ 

केन्द्रीय अधिवेशन फागुन ७, ८, ९ र १० गते ।
गाउँ–नगर, वडा अधिवेशन ०७७ पुस ६ गते
गाउँ–नगरपालिका अधिवेशन ०७७ पुस ८ गते
प्रदेशसभा क्षत्रीय अधिवेशन ०७७ पुस ११ गते
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको
जिल्लाका अधिवेशन ०७७ पुस १३
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन ०७७ पुस १६
प्रदेश अधिवेशन माघ ६ गते



  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार २०:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया