चिकित्सक कुटपिटको विरोधमा रौतहटमा प्रदर्शन

रौतहट– झापाको बिर्तामोडस्थित मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि भएको कुटपिटको विरोधमा रौतहटको गौरमा प्रदर्शन भएको छ । डा. झालाई न्यायको माग गर्दै सोसाइटी अफ मेडिकल स्टुडेन्ट नेपालले सो प्रदर्शन गरेको हो ।

डा. झामाथि कुटपिट गर्ने व्यक्तिहरुलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने सोसाइटीले चेतावनी दिएको छ । अस्पतालमा उपचार गराउन आएका बिरामीका आफन्तलाई मास्क लगाउन र होहल्ला नगर्न अनुरोध गर्दा उनीहरुले उल्टै डा. झामाथि असार ११ गते हातपात गरेका थिए ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी सोसाइटीले दिएको छ । नेपालको विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सोसाइटीले प्रदर्शन गरेको हो ।





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार २१:२०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया