ज्ञानकुमारी छन्त्यालको निधनपछि रिक्त सांसदमा सुवर्ण ज्वारचनलाई पठाउने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले आफ्नो पार्टीकी समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा गुल्मीकी सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो । बागलुङ घर भएकी समानुपातिक सांसद छन्त्यालको गत बुधबार निधन भएको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावलीअनुसार कुनै सांसदको निधन भए बन्दसूचीमा रहेको व्यक्ति नै सांसद हुन्छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको महिला (जनजाति) सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ ।

लामो समयदेखि काँग्रेसमा क्रियाशील रहेकी ज्वारचन विसं २०३६ सालको जनमत संग्रह, सत्याग्रह र जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएकी थिइन्। ज्वारचन बाणिज्य राज्यमन्त्री पनि भएकी थिइन् । 

सांसद निधन भएको जानकारी संघीय संसद सचिवालयले आयोगलाई दिएपछि सोही अनुसार निर्वाचन आयोगले कांग्रेसलाई पत्र पठाएको थियो । सोही पत्रानुसार कांग्रेसले ज्वारचनलाई सांसद बनाउने निर्णय गरेको हो । 
 





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार २१:२९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया