लगातारको वर्षाले डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध
फरकधार / २३ असार, २०७७

लगातारको वर्षासँगै आएको बाढीपहिरोले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ । डडेल्धुरा जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भासिँदै गएपछि सवारी साधन चल्ने अवस्था नभएको उग्रतारा डडेल्धुरा यातायात प्रालि डडेल्धुराले जनाएको छ ।



जिल्लाको बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोरालखोला–रेल र पोखरा–बेलापुर सडक अविरल वर्षाका कारण अवरुद्ध भएपछि यातायातका साधन चल्ने अवस्थामा नरहेको यातायात कार्यालयले जनाएको छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाअन्तर्गत भएर सञ्चालन हुने सडकमा ढुङ्गामुढा राखेर आवतजावत गर्नुपर्ने अवस्था रहेको छ ।

अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाको सडक लगातारको वर्षाले खाल्डाखुल्डी र हिलाम्मे भएर चिरा परी भासिँदै गएको अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ । 

दैनिकजसो जिल्ला सदरमुकाम आवतजावत गर्ने र घर फर्किन लागेका यात्रुलाई ग्रामीण सडक लगातारको वर्षाका कारण अवरुद्ध हुँदा सास्ती खेप्नुपरेको नवदुर्गा गाउँपालिका–१ का स्थानीय लोकेन्द्र विकको गुनासो छ ।
 

  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार ९:४०:१९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया