विश्व वातावरण दिवसको अवसर पशुपति मन्दिर परिसरस्थित कैलाशमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज रुख रोपेका छन् । उनले रुद्राक्ष र समीका विरुवा रोपका हुन् ।
पशुपतिनाथ परिसरमा पाँच हजार रुख रोप्ने योजना अनुसार बृक्षारोपण गरिएको बताइएको छ ।
रुख रोप्न पुगेका मन्त्री भट्टराईले अर्को काम पनि गर्र्न भ्याए । उनले आजै पशुपतिनाथ मन्दिरको दक्षिणतर्फको बाहिरी गेटको उद्घाटनसमेत गरेका छन् ।
पशुपति विकास कोषसँगको सहकार्य तथा नेपाल एसबिआई बैंकको लगानीमा सो गेट निर्माण गरिएको हो । गेटसँगै जुत्ता राख्ने घर, प्रसाद वितरण कोठा, शैचालय र एटिएम बुथ पनि रहेको छ ।
हेर्नुहोस् फोटो फिचर :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।