सुनको मूल्य पुनः उकालो

लकडाउन खुलेपछि निकै उतारचढाव देखिइरहेको  सुनको मूल्य मंगलबार उकालो लागेको छ । 

सोमबार ९० हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य मंगलबार ९० हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

लकडाउन पछिको कारोबारमा लगातार बढेर प्रतितोला ९१ हजार ७ सयसम्म पुगेको सुनको मूल्य पछिल्लो समय घटिरहेको थियो । 

 यस्तै, मंगलबार चाँदीको मूल्य पनि १० रुपैयाँले उकालो लागेको छ । सोमबार प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको चाँदी मंगलबार ९ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
 





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १३:३३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया