सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वान टु वान वार्ता सुरु भएको छ ।
पार्टीभित्रको विवाद चुलिँदै गएपछि स्थायी कमिटीको बैठक बुधबार बिहान बस्नेगरी यसअघि नै स्थगित गरिएको छ । बालुवाटारमा अध्यक्षद्धय बीच सहमतिको प्रयास जारी रहेको नेकपाका एक नेताले बताए ।
प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल समूहले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । तर, ओलीले भने दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् ।
अध्यक्ष प्रचण्ड आफ्नो समुहका नेतासँगको छलफलपछि बालुवाटार पुगेका हुन् । उनले खनाल, नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलसँग आज बिहानै छलफल गरेका थिए । आफ्नो समूहमा छलफलपछि दाहाल बालुवाटार पुगेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।