ओली र प्रचण्डबीच वार्ता सम्पन्न, भेटवार्ता जारी राख्ने सहमति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वार्ता जारी राख्ने सहमति गरेको छन् ।

करिब तीन घण्टा लामो भेटवार्ता भर्खरै बालुवाटारमा सम्पन्न भएको र संवाद जारी राख्ने सहमति भएको नेकपाका एक नेताले बताए ।

‘दुई अध्यक्षबीचको भेटवार्ता सकारात्मक भएको छ’, ती नेताले फरक धारसँग भने, ‘उहाँहरुले संवादलाई जारी राख्ने सहमति गर्नुभएको छ ।’

असार १० गतेदेखि जारीे पार्टीको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकको पहिलो दिनमै ओलीको राजीनामा माग गरेका थिए ।

तर, ओलीले आफूले कुनैपनि हालतमा दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् । यसले नेकपाभित्रको आन्तरिक द्धन्द्ध चर्काएको छ ।





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १४:५२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया