थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ पुगेको छ ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २०४ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

अहिलेसम्म ७ हजार ४९९ जना उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता डा. गौतमले जानकारी दिए । 
 





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १६:४५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया