फेरि रोकियो रातो मछिन्द्रनाथको रथारोहण

काठमाडौं– रातो मछिन्द्रनाथको रथारोहण फेरि स्थगित भएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै गुठी संस्थान ललितपुरको निर्देशनमा रथारोहण स्थगित गरिएको हो । 

बुधबारका लागि तय भएको रथारोहण रोकिएको जानकारी गुठी संस्थान ललितपुरले मंगलबार सूचना जारी गरेर दिएको छ । कोभिड १९ को महामारीका कारण गत २८ चैतदेखि स्थगित गरिएको सो रथयात्राका लागि रथ निर्माणको काम असार १० गतेदेखि सुरु गरिएको थियो ।

समयमा रथयात्रा नगर्दा काठमाडौंवासीले ठूलो खडेरीको सामना गर्नुपर्ने भयका कारण रथ निर्माणको काम सुरु गरिएको भए पनि कोरोनाका संक्रमित थपिएका कारण पुनः रथारोहरण स्थगित गरिएको तलेजु भवानी मन्दिर पाटनका पुजारी रक्षण राजोपाध्यायले जानकारी दिएका छन् । 

गुठी संस्थानले लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर रथ निर्माण सुरु गरिने बताएको थियो । अब दशैंसम्म रथयात्रा नगर्ने हो भने रथलाई भक्तपुर लैजानुपर्छ भन्ने मान्यता छ ।





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १७:३१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया