शैलेश थापा क्षेत्री २८औँ प्रहरी महानिरीक्षक नियुक्त

काठमाडौं– सरकारले नेपाल प्रहरीको २८औँ प्रहरी महानिरीक्षक (आइजिपी)मा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ । मंगलबारको मन्त्रिरिषद बैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । 

गृह मन्त्रालयले ज्येष्ठता, कार्यक्षमता, र कार्यसम्पादनसमेतको मूल्यांकनका आधारमा आइजिपीमा बढुवा गर्न उनको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । थापा २०६७ साल फागुन १५ गते एआइजीमा बढुवा भएका थिए । 

थापा २०४९ वैशाखमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । 





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १८:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया