काठमाडौं– श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघले विरोधस्वरुप मंगलबार विभिन्न सञ्चारमाध्यममा कालो ब्यानर टाँसेको छ ।
समयमा कोभिड–१९ को बहाना बनाएर मिडिया हाउसहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने र तलब कट्टा गर्ने लगायतका गतिविधि गरेको भन्दै नेपाल पत्रकार महाङ्घले श्रमजीवी पत्रकारहरुको समस्या देखिएका दुई सञ्चारमाध्यमको कार्यालयमा कालो ब्यानर टाँसेर विरोध गरेको हो ।
नागरिक दैनिक र एपी वान टेलिभिजनको कार्यालयमा टाँगिएको ब्यानरमा ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर’ र ‘पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गर’लगायत नारा लेखिएको छ ।
महासङ्घले सञ्चार प्रतिष्ठानहरुमा कालो ब्यानर राख्ने, धर्ना दिनेजस्ता आन्दोलनका कार्यक्रम र उत्पन्न समस्या समाधान गर्न वार्ता तथा कानुनी उपचारको बाटो एकसाथ अवलम्बन गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।