पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनः सामाजिक सन्जालमा हाइहाइ, बढ्दै छन् समर्थक ?

देश संघीय लोकतान्त्रिक गणतन्त्र भएको अब डेढ दशकभन्दा पनि बढी भइसकेको छ । तर, डेढ दशकअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहबारे मानिसहरुको जस्तो वितृष्णा थियो, त्यो अहिले ठ्याक्कै ३ सय ६० डिग्रीमा परिवर्तन भएको छ ।

हो, पछिल्लो समय नेपाली राजनीतिक दलहरुले राजतन्त्रको अजेन्डालाई बोकेर हिँड्न छोडिसकेका छन् । तर, जब जब राजतन्त्र र पूर्वराजा ज्ञानेन्द्र शाहका केही अभिव्यक्ति र विज्ञप्ति आउँछन्, शीर्ष नेताहरुलाई पनि त्यसले तरंगित बनाएर जान्छ । कतिपय अवस्थामा केहीअघिसम्म प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ज्ञानेन्द्र शाहका अभिव्यक्तिको खण्डन गर्ने गरेका थिए । भलै पछिल्लो समय उनको विषयमा धेरै चर्चा हुन छाडेको छ, राजनीतिक वृत्तमा ।

तर, सामाजिक सन्जालमा चाहिँ अब पूर्वराजा ज्ञानेन्द्रको चर्चा झन् झन् बढ्दो छ ।

यसको प्रमाण हो, मंगलबार सामाजिक सन्जालमा देखिएका शाहको समर्थनका पोस्टहरु । सामाजिक सन्जाल फेसबुक र ट्विटरमा अधिकांशले उनको जन्मदिनको अवसर पारेर उनी हुँदा नै नेपालको अवस्था ठिक भएको बताएका छन् । यसको अर्थ के होइन भने सबैले ज्ञानेन्द्रलाई नै समर्थन गरेका हुन्, तर धेरैले राजतन्त्रको पक्षमा वकालत गरेका छन् ।

एउटा उदाहरण नै लिऔँ । सामाजिक सन्जलामा विज्ञान श्रेष्ठले एउटा लामो पोस्ट गरेका छन् ।



उनको पोस्टमा भनिएको छ– ‘नेपाल सानो देश छ, तर धेरै नेताहरु छन् । मलाई लागेको छ कि यति धेरै भ्रष्ट, स्वास्र्थी तथा आत्मकेन्द्रीत नेताहरुभन्दा एक जना नेता भएको नै ठिक थियो ।’ श्रेष्ठले भ्रष्ट नेताहरुले देशलाई बर्बाद बनाएको र यसका कारण आफूले राजा नै त ठिक थिएनन् भन्ने सोच्न थालेको समेत लेखेका छन् ।

अनि उनले पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना पनि दिएका छन् ।



श्रेष्ठ मात्र होइन, मंगलबार सामाजिक सन्जालमा अरु धेरै नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको विषयमा लेखेका छन्, त्यसबारे चर्चा गरेका छन् । अधिकांशले पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना दिँदै देशको अहिलेको अवस्थाबारे असन्तुष्टि पोखेका छन् । 

जब जब तत्कालीन राजपरिवार वा राजसंस्थाबारे कुनै विशेष दिन आउँछ, नेपालीहरुले सामाजिक सन्जालमा राजाको विषयमा चर्चा गर्ने गरेको देखिने गरेको छ । यसले नेपालमा राजसंस्थालाई समर्थन गर्नेको संख्या बढ्दै गएको भान गराउँछ ।

आखिर किन ? 

यसको कारण पनि प्रष्ट छ, पछिल्लो राजनीतिक घटनाक्रमहरु । देशमा राजतन्त्र हटिसकेपछि जे हुने आशा नेपालीले गरेका थिए, राजनीतिले त्यसलाई निराशा बनाउँदै लगेको छ ।

  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार २२:५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया